पराजुलीको अध्यक्षतामा पर्यटन क्षेत्रको संस्था युनिट्राभको नयाँ नेतृत्व
काठमाडौं । सबै पर्यटन क्षेत्रका श्रमिकहरूको संस्था नेपाल ट्रेकिङ ट्राभल्स -याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्विक कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ)को नयाँ नेतृत्व निर्वाचित भएको छ । दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार भन्ने मूल नाराका साथ काठमाडौँमा सम्पन्न युनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरूमा हिमाल कुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवहरूमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निरमा राई चयन भएका छन् । यस्तै सदस्यहरूमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रम्हदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फुर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामाङ, हितमान भुजेल चयन भएका छन् । अधिवेशनले अमर तामाङलाई प्रतिनिधिपरिषद् प्रमुख र छिरिङ शेर्पालाई प्रतिनिधिपरिषद् उपप्रमुख चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
अधिवेशनले कोभिडका कारण पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको रोजगारीको प्रत्याभूमिसहित श्रमिक निष्काशन कार्य बन्द गर्न, सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावलीमा उल्लिखित व्यवस्थाबमोजिम सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षामा सूचीकृत गर्न, सम्पूर्ण श्रमिकको स्थानीय निकायबाट पञ्जीकरण गर्न, पदयात्रामा कार्यरत श्रमिकलाई भैपरी आउने विभेद, कठिनाइ, समस्या, सिन्डिकेट, हटाउन तथा इजाजतपत्र नवीकरणमा सहजीकरणका साथै लाइसेन्स नवीकरण शुल्क मिनाहा गर्न र ट्रेकिङ, ट्राभल्स, एयरलाइन्समा कार्यरत महिला श्रमिकलाई श्रम ऐन नियमावलीमा रात्रिकालीन सुरक्षा यातायातको व्यवस्था गर्न र बिदा लागू गर्न सरोकार पक्षसँग माग गर्दै पाँच सूत्रीय समसामयिक प्रस्ताव पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष पराजुलीले कानुनसम्मत ढंगले पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकबीच भएको विभेद अन्त्य गराउन र नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई माथि उठाउन नयाँ कार्यसमिति लागि पर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया