९० लाखको खर्चमा वीर गणेशमान सिंह खेलकुद प्रतियोगिता हुँदै
काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका युगपुरुष, निष्ठावान् राजनेता एवं जनआन्दोलनका कमान्डर लौहपुरुष स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह खेलकुद प्रतियोगिता’ हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय खेल क्षेत्रमा विविध गतिविधिहरू सञ्चालन गर्दै स्व. सिंहको जीवन सन्देशलाई नयाँ पुस्तासम्म पु-याउने उद्देश्यका साथ विभिन्न तीनवटा खेलहरूमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । वीर गणेशमान सिंह स्पोर्टस कमिटीले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उक्त प्रतियोगिताबारे जानकारी दिइएको थियो । खेलकुदका विभिन्न तीन विधामा हुने कार्यक्रम आगामी शनिबारबाट सुरु हुनेछ । तीन विधाको तीन चरणमा हुने प्रतियोगिताअन्तर्गत पहिलो खेल फेन्सिङ प्रतियोगिता फागुन २१ देखि २३ सम्म, दोस्रो बक्सिङ प्रतियोगिता वैशाख ६ देखि १० सम्म र तेस्रो १० के दौड प्रतियोगिता वैशाख १७ गते हुने आयोजकका तर्फबाट संयोजक सञ्जिव तुलाधरले जानकारी दिए । तेस्रो वीर गणेशमान सिंह १० के दौड प्रतियोगितामा यस वर्षबाट पाँच के दोड समेत समावेश गरिएको संयोजक तुलाधरले बताए ।
यसै हप्ताबाट सञ्चालन हुने वीर गणेशमान सिंह फेन्सिङ प्रतियोगितामा महिला तथा पुरुषतर्फ तीन/तीनवटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ भने आगामी वैशाख पहिलो हप्ता सञ्चालन हुने वीर गणेशमान सिंह राष्ट्रिय बक्सिड प्रतियोगितामा ओलम्पिक तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ वटा तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् । फेन्सिङ प्रतियोगिताको संयोजकमा संघका कोषाध्यक्ष अनुप कपाली, बक्सिड प्रतियोगिताको प्राविधिक डाइरेक्टरमा बक्सिड प्रशिक्षक प्रचण्ड शर्मा र संयोजकमा राजीव श्रेष्ठ रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नको लागि फेन्सिङतर्फ २५ लाख, बक्सिङतर्फ ५० लाख र १० के दौडतर्फ १५ लाख गरी कुल ९० लाख खर्च हुने आयोजकको अनुमान छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया