युक्रेन–रुस द्वन्द्वको बहानामा खानेतेलमा कार्टेलिङ
विराटनगर । युक्रेन–रुसबीच भइरहेको युद्धको बहाना बनाएर यहाँका उद्योगीहरुले खानेतेलमा कार्टेलिङ गर्नथालेका छन् । द्वन्द्वको तरल अवस्थामा आयातित तोरीको दानामा मूल्यवृद्धि भएको बहाना बनाउँदै सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित आयल मिल उद्योगका सञ्चालकहरु नै कार्टेलिङमा संलग्न भएर बजारमा तोरी तेलको मूल्य मनपरी ढंगले वृद्धि गराउन थालेका हुन् ।
केही दिनदेखि युक्रेन र रुसका बीचमा द्वन्द्व जारी रहेको र नेपालमा आयात हुने तोरीको दाना युक्रेनबाट आउन नसक्ने भएकोले पछिल्लो समय अस्ट्रेलियाबाट तोरी आयात गर्दा लागत खर्च बढ्ने भन्दै उद्योगीहरुले नै तोरीको तेलमा मूल्यवृद्धि गर्न लागिपरेको साना तथा खुद्रा व्यवसायीले जानकारी दिए । सुनसरी मोरङ औद्योगिक करिडोरका आयल मिलका सञ्चालकहरुले आफूले उत्पादन गरेको तोरीको तेलदेखि सनफ्लावर तेलसम्मको भाउमा प्रतिकार्टुन पाँच सयदेखि आठ सय रुपैयाँसम्म मूल्यवृद्धि गरेको खुद्रा व्यवसायीको भनाइ छ । यसरी मूल्यवृद्धि गर्दै जाने हो भने एक हप्ताभित्र तोरीको तेल सर्वसाधारण उपभोक्ताले किन्न नसक्ने अवस्था आउनसक्ने भन्दै समयमै सम्बन्धित निकायले मूल्यवृद्धि नियन्त्रणमा ठोस कदम चाल्न पनि खुद्रा व्यवसायीले आग्रह गरेका छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले तेलमा गरेको कार्टेलिङ हावी हुँदै गएपछि एक हप्ताअगाडि मात्र प्रतिकार्टुन दुई हजार छ रुपैयाँमा कारोबार भएको तोरीको तेलको मूल्य हाल प्रतिकार्टुन तीन हजार रुपैयाँ पुगेको छ । उद्योगीले आफ्ना होलसेलरबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराइएको र खुद्रा व्यापारीले पनि बढेको मूल्य कायम गरी तोरीको तेल बिक्रीवितरण गर्न थालेपछि बजारमा तोरीको तेलको मूल्य उद्योगीबाट नै बढाएर कार्टेलिङ भएको पाइएको हो । खुद्रा व्यवसायीहरुले भने युक्रेन र रुसको भर्खरै चलेको द्वन्द्वका कारण अहिले नै तोरीको तेलमा एक्कासि मूल्य बढाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
उद्योगीले महिनौँअघि नै उद्योगमा प्याकिङ अवस्थामा राखेका तेलको भाउ पनि यही द्वन्द्वको फाइदा उठाउँदै उद्योगीका होलसेलर व्यापारीहरुले एक्कासि मूल्य बढाएर तेल बजारमा पठाउन थालेका छन् । उद्योगीहरुले भने रुस र युक्रेनको द्वन्द्वसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तोरीको दानामा केही मूल्य वृद्धि भएको बताए । तत्काल युक्रेनबाट तोरी आयात गर्न नसक्ने अवस्थामा रहेकोले अस्ट्रेलियाबाट तोरीको दाना आयात गर्दा अत्यधिक ढुवानी भाडा बढ्ने संकेत प्राप्त हुन थालेपछि सामान्य मात्रै मूल्य वृद्धि भएको उद्योगीहरुको दाबी छ । तर उक्त मूल्य वृद्धिको तोरी नेपाल आउन करिब तीनदेखि चार महिना लाग्ने जानकारी पनि केही उद्योगीले दिएका छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया