Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहाइड्रो एक्स्पो चैतमा, भारतीय बजार र लगानी विस्तारमा टेवा पुग्ने लक्ष्य

हाइड्रो एक्स्पो चैतमा, भारतीय बजार र लगानी विस्तारमा टेवा पुग्ने लक्ष्य


काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत्रको तेस्रो साता राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो हुन लागेको हो ।

‘नेपालको जलविद्युत्को बजारीकरण’ भन्ने नाराका साथ आयोजना हुनलागेको उक्त हाइड्रो एक्स्पोले जलविद्युत्को बजार र लगानी विस्तारमा टेवा पुग्ने बताइएको छ । नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहने गरी एक्स्पो आयोजना हुनलागेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । जलविद्युत्को बजार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उनको भनाइ छ ।

नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसँगै ऊर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पु¥याउनेलगायतका उद्देश्यसहित आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकको अपेक्षा छ । हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रोसम्बन्धी सरोकार राख्नेहरूलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा एक सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्ट्स सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहनेछन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रोपावरको लाइभ डेमोन्स्ट्रेसन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिनेछ । विद्युतीय सवारीसाधनको -याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारीसाधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले बताए । विद्युतीय सवारीका साथै विद्युतीय चुलोको प्रयोगलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले यसबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने जानकारी दिए ।

साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरूलाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्था समेत गरिएको छ । यस्तै भर्चुअल रियालिटी टुरको व्यवस्था गरिएको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । विद्युत्को सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पु-याउने उनको विश्वास छ । साथै एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन आकर्षणका रुपमा रहनेछ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइनेछ ।

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु-याउने विश्वास गरिएको छ । ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया