Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वसचिव कार्कीकी श्रीमतीको हत्या

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या


काठमाडौं, माघ २८
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । ललितपुरको सानेपास्थित आफ्नै घरको भान्साकोठामा बिहान अचेत अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा लगिएको थियो । अस्पतालमा पु-याउनुअघि नै उनको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । मुनाको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको हो । चिकित्सकका अनुसार घाँटी र हातमा समेत नीलडाम भेटिएको छ । घटनाका समयमा पूर्वसचिव कार्की घरमा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सोही घरमा कामदारका रूपमा बसेका विजय चौधरी भने घरको ‘डाइनिङ’ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको कारण एक/दुई दिनमै हत्याको एकीन कारण पत्ता लाग्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि सोमबार नै पाटन अस्पतालमा पठाइएको र सिसी क्यामेराको फुटेजलगायत अन्य प्रमाण सङ्कलन गरेर फोरेन्सिक ल्याबमा परीक्षण भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया