Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर धितोमा कर्जा प्रवाह बढ्यो

सेयर धितोमा कर्जा प्रवाह बढ्यो


सुरेश राउत
काठमाडौं, माघ २९
बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितोमा ४४ अर्ब ६१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा उक्त कर्जा प्रवाह गरेका हुन् । गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले सेयर धितोमा ३९ अर्ब ५६ करोड ७१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार सेयर धितो शीर्षकमा प्रवाह भएको कुल रकममध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ३४ अर्ब ९४ करोड ५० लाख रुपैयाँ रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा रकममध्ये २६ खर्ब ७० अर्ब २८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले २३ खर्ब ११ अर्ब २७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा सेयर धितो शीर्षकमा मात्र प्रवाह गरेको कर्जा रकम ३१ अर्ब ९४ करोड १४ लाख ४० हजार रुपैयाँ रहेको थियो । विकास बैंकहरुले भने चालू आवको पछिल्लो अवधिमा सेयर धितो शीर्षकमा सात अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने तीन खर्ब ४३ अर्ब ४० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुले दुई खर्ब ९१ अर्ब २८ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा सेयर धितो शीर्षकमा मात्र प्रवाह गरेको कर्जा रकम पाँच अर्ब ६२ करोड १८ लाख २० हजार रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो अवधिमा सेयर धितो शीर्षकमा दुई अर्ब ११ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा फाइनान्सहरुको कुल कर्जा रकम ७२ अर्ब २२ करोड ८० लाख रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा भने फाइनान्सहरुले सेयर धितो शीर्षकमा दुई अर्ब ३९ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा फाइनान्सहरुको कुल कर्जा रकम ६१ अर्ब २८ करोड ५६ लाख ६० हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया