Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअख्तियार महेन्द्रनगर कार्यालयमा चालू आवमा पाँच सय ५६ उजुरी, ५० प्रतिशत उजुरी फछर्यौट

अख्तियार महेन्द्रनगर कार्यालयमा चालू आवमा पाँच सय ५६ उजुरी, ५० प्रतिशत उजुरी फछर्यौट


धनबहादुर जप्रेल
कञ्चनपुर, माघ २९
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले चालू आर्थिक वर्ष २०७६/७७ मा जम्मा पाँच सय ५६ वटा उजुरी दर्ता गरेको बताएको छ । २९औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा आयोगले चालू वर्षमा दुई सय ७८ उजुरी फछर्यौट भइसकेका जानकारी दिएको छ । आयोगको कार्यालय महेन्द्रनगरले दिएको विवरणअनुसार गत आर्थिक वर्षको छ सय ६७ वटा उजुरी आयोगले फछर्यौट गर्न बाँकी थियो । यस्तै आयोगको महेन्द्रनगर कार्यालयमा आएको विभिन्न मन्त्रालयगत उजुरीको विवरणअनुसार सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका उजुरीहरू रहेका छन् ।

यस्तै आयोगको महेन्द्रनगर कार्यालयमा आर्थिक वर्ष २०७०/७१ देखि हालसम्मको विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी उजुरी कैलाली जिल्लामा परेका छन् जहाँ एक हजार पाँच सय ५३ वटा उजुरी परेका छन्, यसमा १३ सय ४५ वटा उजुरी फछर्यौट भएका छन् भने दुई सय ३५ वटा उजुरी फछर्यौट हुन बाँकी रहेका छन् ।

यस्तै कञ्चनपुरमा एक हजार एक सय ८३, दार्चुलामा तीन सय २३, बैतडीमा चार सय ६५, डडेल्धुरामा चार सय १७, बझाङमा तीन सय, डोटीमा चार सय १०, अछाममा दुई सय ५६, बाजुरामा एक सय ५९ र अन्य १७ वटा उजुरी दर्ता भएका छन् । यस्तै दर्ता भएका उजुरीहरूमा कञ्चनपुरमा एक हजार एक सय ५३ फछर्यौट र एक सय ३० बाँकी, दार्चुलामा दुई सय ७७ फछर्यौट र ४६ वटा बाँकी, बैतडीमा चार सय ६५ फछर्यौट र एक सय ४४ बाँकी, डडेल्धुरामा तीन सय ६२ फछर्यौट र ५५ बाँकी, बझाङमा दुई सय २० फछ्र्यौट र ८० बाँकी, डोटीमा तीन सय ७१ फछर्यौट र ३९ बाँकी, अछाममा दुई सय १७ फछर्यौट र ३९ बाँकी, बाजुरामा एक सय २४ फछर्यौट र ३५ उजुरी फछर्यौट हुन बाँकी रहेका आयोगले दिएको विवरणमा उल्लेख छ ।

आयोगको स्थापना दिवसमा आयोजना गरेको औपचारिक समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले राज्यको सेवा प्रवाहमा गुणस्तर नभएको बताइन् । उनले राज्यमा सुशासन कायम गर्नका लागि राज्यका विभिन्न अङ्गहरू र निकाय लागि परेका भए पनि नियन्त्रण गर्न नसकेको बताएकी छिन् । भ्रष्ट्राचार न्यूनीकरण गर्नका लागि व्यक्ति आफैँले लाग्नुपर्ने र शून्य सहनशीलता कायम गर्नुपर्नेमा उनले जोड दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया