Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकारीद्वारा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण

अधिकारीद्वारा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण


काठमाडौं, फागुन १
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा आयोजित कार्यक्रममा उनले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने बताए ।

निगम व्यवस्थापन सामुहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै उनले विश्वका कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताए । त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने तथा निगम व्यवस्थापन चुस्त बनाउनुपर्नेमा उनले जोड दिए । विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकोले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने बताए । उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्बन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र कुनै बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने विश्वास दिलाए ।

नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेर विचार पनि सरकारले नै गरिरहेको भए पनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने उनको भनाइ थियो । मोडेल परिवर्तनको सन्दर्भमा रणनीतिक साझेदारीमा जाने वा ऐन परिवर्तन गरेर कम्पनीमा रुपान्तरण गर्नेबारे सोच्न समेत निगम व्यवस्थापनलाई सुझाव दिए । उनले निगममा पनि प्रशासनिक सुधार आवश्यक रहेको र सुधारको विश्वासको आधारमा लगानीकर्ताले लगानी गर्ने भएकाले त्यसतर्फ ध्यान पु-याउन आग्रह गरे ।

निगमका निमित्त महाप्रबन्धक गणेश बहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकोले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उनको कार्यकालको सफलताको कामना गरे । उक्त अवसरमा विभिन्न विभागका निर्देशकहरुले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया