Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुवेतमा छ नेपालीको मृत्यु २ जना घाइते

कुवेतमा छ नेपालीको मृत्यु २ जना घाइते


काठमाडौं, फागुन २
कुवेतमा छ जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतको एक कम्पनीमा कार्यरत छ जनाको बालुवाको ढिस्कोले पुरिएर गत माघ २९ मा मृत्यु भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । दुर्घटनामा आठ जना नेपाली परेका थिए । २ जना घाइते भएका छन् । मृतकमध्ये चार जनाको पहिचान खुलेको दूतावासले विज्ञप्तिमार्फत जनाएको हो ।

मृतकहरुमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको पहिचान खुले पनि बाँकी दुई जनाको पहिचान खुलेको छैन । उनीहरुको स्पष्ट विवरण आउने क्रममा रहेको दूतावासको भनाइ छ । घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल छन् । मण्डल सामान्य घाइते भएकाले उपचारपछि कम्पनीमा फर्किसकेका भए पनि शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । उनीहरु कुवेतको अल मुत्ला सिटी प्रोजेक्टमा युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया