Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन आएको सूचनासँगै कफीसपमा आगलागी

सुन आएको सूचनासँगै कफीसपमा आगलागी


काठकाडौं, फागुन ४
त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कफीसपमा गत माघ २७ गते आगलागी भएको बेला त्यसका सञ्चालक सुवास श्रेष्ठको सेटिङमा आबुुधावीबाट ठूलो परिमाणमा सुन आएको सूचनाले सुरक्षा निकायमा ठूलो चर्चा पाएको छ । तर जति नै चर्चा भए पनि सुनचाहिँ भेटिएको छैन ।

कतारको दोहाबाट बिहान २०ः५० बजे चिनियाँ लगानीकर्ताको हिमालयन एयरलायन्सको नियमित उडान हुने गरेको छ । गत २८ गते बेलुुका सवा ८ बजे नै विमानस्थलको अन्तर्राष्ट्रिय कक्षमा रहेको कफीसपमा आगलागी भएको थियो । त्यस कफीसपका सञ्चालक सुुवास श्रेष्ठ हुन् । उनी यसअघि पनि सुन तस्करी र अवैध विदेशी मुद्राको कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुुन् ।

कफीसपमा लागेको आगो २०ः५० मा मात्र नियन्त्रणमा आएको थियो । ८ः४० मा आएको हिमालयन एयरलायन्सको जहाजबाट ठूलो मात्रामा सुन आएको सूचना सुरक्षा निकायले पहिले नै थाहा पाइसकेको थियो । तर विमान आउँदा कफीसपमा आगो लागिरहेकोले सबैको ध्यान त्यता केन्द्रित रह्यो र त्यही मौका छोपेर एयरलाइन्सबाट आएको अवैध सुन लुसुुक्क बाहिरिएको आशंका गरिएको छ । कपन बस्ने बाजुुराका कमल साउदको समूहले उक्त सुन भित्र्याएको र आगलागी भइरहेको बेला सुन आउँदा उनकै नामका खनाल थरका व्यक्तिको मोबाइल बोकेर एयरपोर्टमा नै कुरेर बसेको थाहा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया