निर्वाचनमा खटिएका कर्मचारी कुट्ने गुण्डा नाईके सुनुवारलाई प्रहरीको संरक्षण
दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ भीरकोटमा निर्वाचनका लागि खटिएका कर्मचारीलाई कुटपिट गर्ने गुण्डा नाईके रमेश सुनुवारलाई प्रहरीले नै संरक्षण दिएको छ ।
निर्वाचन स्वच्छ बनाउन धमाधम बाहिरी मान्छे समाएर फर्काएको दोलखा प्रहरीले कर्मचारी कुट्ने गुण्डा नाईके सुनुवारलाइ भने पक्राउ गरेको छैन । सुनुवारले बुधबार मतदाता परिचयपत्र वितरण गरिरहेका कर्मचारी प्रकाश खनालमाथी हातपात गरेका हुन् ।
स्थानीयका अनुसार एमालेका तर्फबाट तामाकोसी गाउँपालिका प्रमुखको उम्मेदवार रहेका अभिषेक सुवेदीसहितको टोलिले कर्मचारी खनाल माथि हातपात गरेको हो ।
मतदाता परिचयपत्र वितरणमा कर्मचारीलाई सहयोग गरिरहेका वडा अध्यक्ष महेश काफ्लेलाई पक्राउ गरेर प्रहरीले कर्मचारी कुट्ने सुनुवारलाई भने उन्मुक्ति दिएको हो ।
सुनुवारले गुन्डागर्दीमा दिपक मनाङ्गेसंग जोडिएर राजधानीको ठमेल र दरबारमार्गमा हैकम चलाउने गरेका छन् । एमालेका स्थानीय नेता समेत रहेका सुनुवार एमाले नेता, सांसद एवम् पुर्व मन्त्री पार्वत गुरुङको नजिक छन् । गुरुङकै छत्रछायामा उनी दोलखामा एमालेको राजनीतिमा बामे सर्दै छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया