Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफस्टायो अवैध भारुको कारोबार

फस्टायो अवैध भारुको कारोबार

सीमानाका बन्द हुँदा नेपालका मनिचेन्जर बन्द


विराटनगर । निर्वाचनको संघारमा आइपुगेपछि नेपाल–भारत सीमानाकामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवतजावतमा कडाइ गरेसँगै सीमानाकामा सञ्चालन गरिरहेका भारु र नेरुका सटही काउण्टरहरु बन्द भएका छन् ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ कारोबारमा कडाइ गर्दा समेत अवैध कारोबार गर्ने त्यस्ता भारुनेरुका सटही काउन्टरहरु शुक्रबार हुनलागेको स्थानीय निर्वाचनको लागि नाका नै बन्द भएपछि बन्द भएका हुन् । तर सीमानाका सुचारु भएको अवस्थामा पनि पछिल्ला केही दिनयता भारुनेरुका कारोबारीको कारोबार प्रदेश १ को राजधानी विराटनगरमा नै ह्वातै बढ्नपुगेको थियो । त्यसरी अवैध रुपमा भारुनेरुको कारोबार बढ्नुमा प्रमुख जिम्मेवार प्रहरी नै भएको एक कारोबारीले जानकारी दिए । उनले सीमानाका नै सिल भएको अवस्थामा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका सीमानाकामा सञ्चालन भएका ती मनिचेन्जरले सीमानाका सिल हुँदा किन बन्द भयो भन्दै प्रतिप्रश्न समेत गरे । उक्त कुराको अनुगमन नेपाल राष्ट्र बैंकले गर्नुपर्नेमा सो काम समेत नेपाल राष्ट्र बैंकबाट पनि नभएको उनको भनाइ छ ।

भारतीय सीमानाका मात्रै नभएर विराटनगर बजारमा च्याउजस्तै उम्रिनपुगेका सटही काउन्टरहरु नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन आएसँगै झन् खुलेर भारुनेरुको कारोबार गर्न थालेको थाहा भएको छ । नेपाल राष्ट्र बैंकको अद्यावधिक तथ्यांकअनुसार विराटनगर बजारबाट दर्जन बढी भारुनेरु सटही काउन्टरले नेपाल राष्ट्र बैंकबाट कारोबारको इजाजत पाएका छन् । विराटनगर बजार र भारतीय बजारको दूरी छ किलोमिटरभित्र पर्ने हुँदा विराटनगरको रानी र मिल्स एरियामा सञ्चालन भएका मनिचेन्जरहरु भारतीय बजारमा रहेको भारतीय रुपैयाँ बोकेर विराटनगर बजारका मनिचेन्जरहरुमा खुलेआम भारु र नेरुको कारोबार गर्ने गरेको स्रोतले बताएको छ ।

२७ गते राति १२ बजेदेखि नेपाल भारत सीमानाका बन्द हुनासाथ एउटा मनिचेन्जरले सय रुपैयाँ भारु बराबर नेपाल राष्ट्र बैंकले एक सय ६ं० रुपैयाँ १५ पैसा बिक्रीदर तोकेको भए पनि कारोबारीले बजारमा एक सय भारु बराबर एक सय ८० देखि १ सय ९० रुपैयाँसम्म नेपाली खर्चिएर भारु किन्ने अवस्था सृजना गराएको कुरा पीडित उपभोक्ताहरुले बताएका छन् । सो रकम खर्चिएर पनि भारु लिन जाँदा मनिचेन्जरहरुले भारु नै छैन भन्दै फर्काएको पीडित उपभोक्ता बताउँछन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया