नेपाली सेना, प्रहरी र गुण्डा नाईकेको मिलेमतोमा बुथ कब्जा
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर १ मा नेपाली सेना, नेपाल प्रहरी र गुण्डानाईके रमेश सुनुवारको मिलेमतोमा बुथ कब्जा गरि मतपेटिका लुटिएको छ ।
नेपाली सेनाका मेजर अभय खड्काको निर्देशनमा दिउँसो मतदान केन्द्र भित्र नेपाली सेना परिचालन गरि मतदातालाई धम्काई बुथ कब्जा गरिएको र बेलुका मुचुल्का समेत नउठाइ मतपेटिका कब्जा गरिएको हो ।
नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका बसन्त थापाका ज्वाइँ समेत रहेका मेजर खड्काले सेना परिचालन गरि मतपेटिका समेत लुटेर हिडेका हुन् ।
खड्काले मतदान सम्पन्न भएको मुचुल्का समेत नउठाई मतपेटिका लिएर हिडेका हुन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत समेत छाडेर उनीहरु मतपेटिका लिएर हिडेपछि स्थानीयले अवरोध गरेका थिए ।
हाल मतदान अधिकृत तथा कर्मचारीहरु वडा कार्यलय भवनमा रहेका छन् भने मतपेटिका बीच बाटोमा रोकिएर राखिएको छ । प्रहरी, सेना, सशस्त्र प्रहरी र गुन्डा नाइकेको मिलेमतोमा मतदातालाई समेत धम्क्याईएको मतादाताले बताएका छन् । स्थानीय मतदाताले पुन मतदान हुनुपर्ने र मेजर खड्कालाई बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया