Techie IT
×
गृहपृष्ठbreakingसीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले दुई थान बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका अधिकारीलाई पनि सीआईबीबाट खटिएको प्रहरीले बिहीबार काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको जानकारी दिएको छ ।

अधिकारीले स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीको भनाइ छ । 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया