काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाँदा देशभर राम्रो सफलता हासिल गरेका छन् । केही स्थानीय तहमा भने गठबन्धनलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले पराजित गरिदिएको छ । गठबन्धन भएको ठाउँमा पहिला एमालेले जितको अधिकांश स्थानीय तह नेपाली काँग्रेस र नेकपा माओवादीले केन्द्रले जितेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनकै कारण जित हासिल गरेको छ ।
गठबन्धन नगरेको भए समाजवादीलाई अधिकांश ठाउँमा जित निकाल्न कठिन हुने सोमबारसम्म आएको निर्वाचन परिणामले देखाएको छ । सोमबार रातिसम्म एक सय ९८ वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
सोमबार रातिसम्मको विवरणअनुसार नेपाली काँग्रेसले धेरै स्थानीय तहमा निर्वाचन जितेको छ । कांग्रेसले ८८ वटा प्रमुख, ९१ उपप्रमुख जितेको छ भने नेकपा एमालेले ५९ प्रमुख र ५८ उपप्रमुख जितेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ४६ प्रमुख र ४० उपप्रमुख पदमा जित निकालेको छ । एकीकृत समाजवादीले चारवटा प्रमुख र सातवटा स्थानीय तहमा उपप्रमुख जितेको छ । जसपा नेपालले एक प्रमुख र दुई उपप्रमुख पदमा जित हासिल गरेको छ ।
मत गणना भइरहेकामध्ये कांग्रेसले दुई सय २१ प्रमुख र एक सय ८० उपप्रमुखमा अग्रता लिएको छ भने एमालले एक सय ३४ प्रमुख र एक सय ५६ वटा उपप्रमुखमा अग्रता लिएको छ । माओवादी केन्द्रले ७६ प्रमुख र एक सय उपप्रमुख पदमा अग्रता लिएको छ । जसपाले ३१ प्रमुख र ३५ उपप्रमुखमा अग्रता लिँदा समाजवादीले १७ प्रमुख र १३ वटा उपप्रमुख पदमा अग्रता लिएको छ । लोसपाले १४ प्रमुख र १२ उपप्रमुखमा अग्रता लिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया