Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुद्ध जयन्तीमा बुलुदेखि ठेचोसम्म शान्ति -याली

बुद्ध जयन्तीमा बुलुदेखि ठेचोसम्म शान्ति -याली


काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले २५६६औं बुद्ध जयन्तीको अवसर पारेर काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । समितिले सोमबार बिहान ललितपुरको बुलु, चापागाउँदेखि ठेचोसम्म शान्ति -याली निकालेको थियो । साथै दिउँसो सत्संग कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

सत्संग कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति केन्द्रीय प्रभारी महात्मा चमेले बाईजीले पञ्चशीलको पालना गरेमा चित्तवृद्धि शुद्ध हुने र यसले नै मानिसलाई महान् बनाउने बताइन् । अहिले सबैले शान्ति खोजिरहेको तर शान्ति पाउने बाटो सही हुनुपर्नेमा पनि उनले जोड दिइन् । महापुरुषहरुको वाणीलाई आत्मसात् गरे जन्ममरणको चक्रमा पर्नु नपर्ने कुरालाई जोड दिँदै यसका लागि सबैलाई सत्गुरुको साथमा जान समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा नारायणी अञ्चलकी प्रमुख पुनित बाईजीले तत्वलाई बोध गरेको कारण नै बुद्धले बुद्धत्व प्राप्त गरेको प्रसंगको चर्चा गरिन् । बुद्धमा मात्रै नभएर त्यो बुद्धत्व सबैमा भएको तर त्यसलाई सबैले बोध गर्नुपर्नेमा उनको जोड थियो । सत्संग कार्यक्रममा पुनित बाईजीले सम्पत्तिले कसैलाई सुख नदिने भएकाले मनको शान्ति खोज्नुपर्ने र यसका लागि मनलाई स्थिर बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा विभिन्न ठाँउबाट आएका बाईजी, भन्तेहरुको सत्संगको साथै भजन, नृत्य, नाटक पनि देखाइएको थियो । नेपाल मानव धर्म सेवा समितिले मानव कल्याणको क्षेत्रमा विगत पाँच दशकदेखि सामाजिक, आध्यामिक गतिविधिहरु गर्दै आइरहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया