काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । मंगलबार बेलुकीसम्म तीन सय ६२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मुलुकभर सात सय ५३ पालिकाका लागि ३५ हजार दुई सय २१ पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ ।
नेपाली कांग्रेसले एक सय ६४ स्थानको प्रमुखमा विजय हासिल गरेको छ भने नेकपा एमालेले एक सय १०, माओवादी केन्द्रले ७८, जसपाले चार समाजवादीले पाँच र राप्रपाले एक स्थानमा जित हालिस गरेको छ । कांग्रेसले एक सय ६० उपप्रमुख, एमालेले एक सय आठ, माओवादी केन्द्रले ८०, जसपाले पाँच, समाजवादीले १२ स्थानमा जित निकालेको छ ।
मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले एक हजार सात सय २२ मा जित हासिल गरी ९५ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार तीन सय १९ मा जित हासिल गरी एक सय १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले वडाध्यक्ष पदमा सात सय ४२ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा एक सय १३ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन सय ४७ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।
महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार छ सय ९५ मा जित हासिल गरी १०६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार चार सय २७ स्थानमा जित हासिल गरी एक सय १३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले महिला सदस्य पदमा छ सय ९१ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा एक सय १५ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन सय छ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।
दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार छ सय ४० मा जित हासिल गरी एक सय चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार चार सय एक स्थानमा जित हासिल गरी एक सय १३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले दलित महिला सदस्य पदमा सात सय १० स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा एक सय ८५ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले दुई सय ९६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।
वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार तीन सय ८८ मा जित हासिल गरी एक सय तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले)ले दुई हजार आठ सय ८८ स्थानमा जित हासिल गरी एक सय २३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडा सदस्य पदमा एक हजार २९४ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले सो पदमा २४४ स्थानमा जित र छ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ६२५ स्थानमा विजय हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेका छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- बझाङमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित
- बैंकिङ कसुरमा युवक पक्राउ
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए
- चुनाव घोषणापछि दुई ठूला जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनीलाई
- २६ वाणिज्य बैंक: जसले कमाए ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा
- बैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया