डडेलधुरामा कांग्रेस चार र माओवादी केन्द्र दुई पालिकाप्रमुखमा विजयी
डडेलधुरा । सातवटा स्थानीय तह रहेको डडेलधुराको छवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । छवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जित हात पारेको छ ।
परशुराम नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । अमरगढी नगरपालिका प्रमुखमा अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस (वीपी) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित भएका छन् । कांग्रेस (वीपी) र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भएका हुन् । प्रमुखमा निर्वाचित जोशीले तीन हजार छ सय १९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भट्टले तीन हजार चार सय २६ मत प्राप्त गरेका थिए । उपप्रमुखमा विजयी झुकालले तीन हजार छ सय ७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले तीन हजार ८५ मत पाए ।
यस्तै अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी वसन्ती पाल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भए । अध्यक्षमा निर्वाचित भट्टले दुई हजार चार सय ६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पालले दुई हजार दुई सय ९७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए ।
नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लक्ष्मीप्रसाद अवस्थीले दुई हजार आठ सय सय ७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कविन्द्र विष्टले दुई हजार छ सय छ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी निर्मला विष्टले तीन हजार दुई सय आठ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी चन्द्रा रूपालीले दुई हजार तीन सय ६७ मत प्राप्त गरेकी थिइन् ।
आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित शेरसिंह पार्कीले दुई हजार तीन सय ८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले दुई हजार दुई सय २४ मत पाएका थिए । उपाध्यक्षमा निर्वाचित मैनाकुमारी रावलले दुई हजार छ सय दुई मत प्राप्त गरिन् । कांग्रेसका उम्मेदवारले दुई हजार दुई सय ४१ मत ल्याएकी थिइन् ।
गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार एक सय ८४ मत प्राप्त गरी विजयी भएका भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस (वीपी)का सुरेन्द्रबहादुर मालीले एक हजार छ सय छ मत ल्याएका थिए । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार सात सय तीन मत प्राप्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया