Techie IT
×
गृहपृष्ठbreakingबैंकिङ कसुर गरी भागेका व्यक्ति पक्राउ

बैंकिङ कसुर गरी भागेका व्यक्ति पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पैसा नभएको बैंक खाताको चेक काटी दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ । मुक्तिनाथ विकास बैंकको महाराजगन्ज शाखाको आफ्नो खातामा पैसा नभए पनि झुक्याएर पीडितलाई ब्ल्यान्क चेक काटेका गोरखा सिरानचोक ४ का प्रकाश रेग्मी पक्राउ परेका हुन् ।

उनलाई चेकको रकम भुक्तानी हुन नसकेको पीडितको उजुरीसम्बन्धी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत चैत २२ गते एक दिन कैद र नौ लाख जरिवाना गर्ने ठहर गरेको हो । रेग्मीले ०७६ कात्तिक १० मा खाली चेक काटिदिएका थिए । उनलाई ५ गते सीईआबीको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । उनलाई अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया