Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकको अनुसार बिहीबार दुई वर्ष अवधिको विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गरिएको हो ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थातथा नेपाली नागरिकले बिहीबार अपराह्न ३ बजेसम्म बोलकबोल पेस गरेका थिए । राष्ट्र बैंकका अनुसार निष्काशन मिति यही जेठ ६ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८१ जेठ ६ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने व्यवस्था रहेको थियो । बिक्री गरिएको कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको थियो । खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिनसक्ने व्यवस्था रहेको थियो । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने व्यवस्था रहेको थियो । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । सोहीअनुुरुप चालू आवको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका टे«जरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । यसअन्तर्गत दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा एक खर्ब ५० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने योजना राष्ट्र बैंकको छ ।

सोअनुरुप चालू आर्थिक वर्षमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय दिने समेत गरी कुुल एक खर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । जसमध्ये दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा ४४ अर्ब र चौथो त्रैमासिकमा ५५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । विकास ऋणपत्रतर्फ भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे समेत गरी कुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । सोमध्ये तेस्रो त्रैमासिकमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासिकमा ७५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको भनाइ छ । यीबाहेक आगामी असार मसान्तसम्ममा चार अर्ब रुपैयाँबराबरको पाँचवर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ । यसअन्तर्गत तेस्रो त्रैमासिकमा दुई अर्ब र चौथो त्रैमासिकमा दुई अर्ब रुपैयाँको बचतपत्र बिक्री गरिनेछ । लक्ष्यअनुरुपको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको चौथो त्रैमासिकमा ५० करोड रुपैयाँबराबरको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्नेछ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि उठाइने कुल आन्तरिक ऋणमा टे«जरी बिलको अंश ४३ दशमलव नौ प्रतिशत, विकास ऋणपत्रको अंश ५४ दशमलव दुई प्रतिशत, नागरिक बचतपत्रको अंश एक दशमलव ६७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश शून्य दशमलव २१ प्रतिशत रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया