Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाको वैतेश्वरमा आधुनिक इँटा उद्योग सञ्चालनमा

दोलखाको वैतेश्वरमा आधुनिक इँटा उद्योग सञ्चालनमा


काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकामा आधुनिक इँटा उद्योग सञ्चालमा आएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै अत्याधुनिक इँटा उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगले पछिल्लो समय दोलखा, रामेछाप र सिन्धुपाल्चोकका जिल्लामा इँटा ढुवानी गर्नेगरेको छ ।

गाउँमै सुविधा दिने उद्देश्यले लाखौँ लगानी गरेर इँटा उद्योग सञ्चालन ल्याएको एकेएस इँटा उद्योग प्रालिले जनाएको छ । एकेएस इँटा उद्योग सञ्चालक सिता तामाङले दोलखा र आसपासको छिमेकी जिल्लामा निर्माण हुँदै गरेका घर, भवन तथा सामुदायिक सम्पदामा प्रयोग गर्न मिल्ने गुणस्तरीय इँटा उत्पादन गरी बिक्रीवितरण गरिरहेको जानकारी दिइन् ।

उद्योगबाट पछिल्लो दुई महिनामा २० लाख इँटा उत्पादन गरिएको उनले बताइन् । उद्योगले बेरोजगारी बनेर बसेका स्थानीय युवालाई रोजगार समेत दिएको छ । जिल्लामै आर्थिक आर्जनको सुनिश्चितता गर्ने उद्देश्यले गैरिमुदिमा रहेको पुरानो इँटा उद्योगलाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।

उक्त उद्योग केही वर्षअघि नै खुलेको भए पनि बीचमा बन्द भएको थियो । बन्द भएको उद्योगलाई गुणस्तरीय इँटा उत्पादनसहित फेरि सञ्चालनमा ल्याइएको तामाङले जानकारी दिइन् । यस उद्योगले दोलखाभरि खपत हुने इटाको माग धान्ने गरी उत्पादन गरिएको उनको भनाइ छ । गाउँघरमा निर्माण हुने घर, सामुदायिक भवन, विद्यालय तथा अन्य भवन निर्माणका लागि यो इँटा सस्तो र गुणस्तरीय समेत रहेको उनले बताइन् ।

तामाकोशी नजिकै गोपिखोलाबाट तीन किलोमिटर माथि रहेको उद्योगमा दैनिक पाँच हजारदेखि १५ हजारसम्म इँटा उत्पादन हुनेगरेको छ । इँटा उद्योगमा भारतीय तथा तराईमुलका विज्ञ जनशक्ति रहेका छन् । पछिल्लो समय यस उद्योगको इँटा प्रयोग र माग बढेको उनले बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया