Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधारभूत सहकारीका अध्यक्ष देवकोटा ज्यान मार्ने उद्योगमा पक्राउ

आधारभूत सहकारीका अध्यक्ष देवकोटा ज्यान मार्ने उद्योगमा पक्राउ


काठमाडौं । इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष खड्ग बहादुर देवकोटा ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् ।

आधारभूतका अध्यक्ष देवकोटाले आइतबार साँझ बाँटो ढुकेर सत्य शक्ति बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धनिर्देशक रोमनाथ भण्डारीलाई काठमाडौं महानगरपालिका वडा नंं १७ स्थित धोबीचौरमा सांघातिक आक्रमण गरेका थिए । अध्यक्ष देवकोटाको नेतृत्वमा रहेको सात आठ जना रड खुकुरी लगायतका हतियारधारी जत्थाले भण्डारीमाथि सांघातिक आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका भण्डारीलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

धोबीचौरमा बाटो ढुकेर भण्डारीलाई आक्रमण गरी मरणासन्न बनाएर हिडेका आधारभूत सहकारीका अध्यक्ष देवकोटालाई प्रहरीले त्यसलगत्तै उनकै निवासबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्योगमा पक्राउ परेका अध्यक्ष देवकोटालाई जोगाउन विभिन्न राजनीतिक दलका नेताहरुबाट प्रहरीलाई चर्को दबाब परेको थाहा भएको छ । हाल अध्यक्ष देवकोटालाई सोह्रखुट्टे प्रहरी बिटमा राखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया