बजेटअगावै सूचना चुहिएपछि उद्योगी र व्यापारीको चलखेल बढ्यो
विराटनगर । देशको अर्थतन्त्र समस्यामा फस्दै गएर तरलताको संकटबाट बैंक तथा वित्तीय संस्थाहरू गुज्रिरहेको अवस्थामा आउन लागेको आर्थिक वर्ष ०७९/०८० को पूर्ण बजेटलाई आफूअनुकूल ल्याउन उच्च व्यवसायी घरानाका उद्योगी तथा व्यवसायीहरू लबिङमा लागेका छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरका एक उद्योगीले दिएको जानकारीअनुसार चालू घाटा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोड पुगिसकेको छ भने शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब नाघिसकेको छ । विदेशी विनिमय सञ्चिति दबाबमा छ । मूल्यवृद्धि दोहोरो अंकमा उकालो लागेको छ । व्यापार १४ खर्ब ३१ अर्ब ३१ करोड रूपैयाँ पुगिसकेको अवस्था छ । यस्तो नाजुक आर्थिक अवस्था भएको समयमा अर्थमन्त्री जनार्दन शर्माले ल्याउन लागेको बजेटले अर्थतन्त्र उकास्ने धेरैको आशा र भरोसा पनि छ । तर अर्थमन्त्री भने दैनिकजसो उच्च घरानाका उद्योगी व्यापारीहरूलाई भेटेर उनीहरूको मात्र कुरा सुन्ने गरेका छन् ।
उनको उक्त शैलीले यस पटक आउने बजेट पनि ठूला–ठूला घरानाका उद्योगी तथा व्यापारीको सेटिङमै आउने पक्का भएको यहाँका उद्योगी तथा व्यवसायीको दाबी छ । अर्थमन्त्री शर्माले पनि विभिन्न सार्वजनिक कार्यक्रममा पनि आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री आउने बताइरहेका छन् । निजी क्षेत्रमैत्रीभन्दा पनि कुनै एक समूहलाई फाइदा पुग्ने गरी बजेट आउने आशंका भएको यहाँका उद्योगी व्यवसायीको दाबी छ । उद्योगीका अनुसार गत आर्थिक वर्षमा पनि अर्थमन्त्री शर्माले कुनै निश्चित समूहलाई फाइदा पुग्ने गरी प्रतिस्थापन बजेट ल्याएका थिए ।
यस्तै सरकारले महिलाहरूले प्रयोग गर्ने सेनेटरी प्याड आफैँ खरिद गरी वितरण प्रक्रिया मिलाउने व्यवस्था गर्न लागेको भन्ने सूचना चुहावट भएसँगै यहाँका ठूला उद्योगी तथा व्यापारी त्यसलाई रोक्न लागिपरेका छन् । सो कामका लागि विराटनगरको विशाल ग्रुपदेखि सारडा समूहले समेत व्यापक लबिङ सुरु गरेको छ । यस्तै नेपालमा उत्पादन गर्दै आएका उद्योगको हकमा नेपाल गुणस्तर चिह्न प्राप्त अनिवार्य गर्न लागिएको सूचना बाहिरिएको छ ।
उक्त सूचनापछि पछिल्लो समय सबै त्यस्ता कम्पनीहरू नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि समेत सेटिङमा सक्रिय भएका छन् । विराटनगरको विशाल ग्रुपले युनाइटेड डिस्टुबिटर फर्मबाट सेनेटरी प्याडको आयात गरिरहेको छ भने सारडा समूहले जस्मीन हाइजीन प्रालिमार्फत सेनेटरी प्याड उत्पादन गर्दै आएको छ । दुवै उद्योगी विराटनगरको उच्च घरानाका भएको र सेटिङ मिलाउन लागेकोले आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्रीले सेनेटरी प्याड वितरणदेखि खरिदसम्ममा कस्तो व्यवस्था गर्ने हुन् भन्ने कुरा हेर्न बाँकी छ ।
गत आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा पनि अर्थमन्त्रीले शंकर ग्रुप र मुरारका ग्रुपलगायत केही व्यापारिक घरानालाई फाइदा पुग्नेगरी एमएस बिलेटमा नीतिगत व्यवस्था गर्दा २४ वटा कम्पनी समस्यामा परेका थिए । उक्त निर्णयले कतिपय उद्योग नै बन्द भएर अहिलेसम्म पनि सञ्चालन हुन सकेका छैनन् ।
गत वर्ष अर्थमन्त्री र सीमित उद्योगीबीचको सेटिङमा प्रतिस्थापित बजेटमार्फत सरकारले स्पन्ज आइरनको आयातमा भन्सार नलाग्ने व्यवस्था गरे पनि अन्तःशुल्क बिलेटको भन्दा शून्य दशमलव ८५ प्रतिशतले कम हुने नीतिगत व्यवस्था गरेको थियो । उक्त नीतिपछि भन्सारबाट संकलन हुँदै आएको अन्तशुल्कको राजस्वमा व्यापक कमी आएको करिडोरका उद्योगीको भनाइ छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया