काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छिन् । सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको प्रगति विवरणको जानकारी लिँदै उनले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताइन् ।
बारम्बार निर्देशन दिँदा पनि पुँजीगत खर्चमा खासै प्रगति नभएकोमा उनले असन्तुष्टि जनाइन् । ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौँ’, उनले भनिन् । काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्नेगरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ छ ।
मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिए । मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालू आर्थिक वर्षमा चालूतर्फ ५३ दशमलव ३९ प्रतिशत र पुुँजीगततर्फ ३५ दशमलव ३९ प्रतिशत गरी कुल ३६ दशमलव ७३ प्रतिशत खर्च भएको छ । उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेस गरेका थिए । उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि बताए । यस्तै सघन सहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया