काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि ७० करोड १९ लाख ३६ हजार छ सय ५५ रुपैयाँ ८४ पैसाबराबरको रकम लगानीको लागि आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार एक वर्षे मुद्दती निक्षेपको रुपमा ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३६ रुपैयाँ ९५ पैसा र कल निक्षेपको रुपमा १३ करोड ९१ लाख ८३ हजार एक सय १८ रुपैयाँ ८९ पैसाबराबरको रकम संस्थागत निक्षेपको रुपमा लगानी गर्न लागिएको हो ।
रकम लगानीको लागि सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंकहरु र १७ वटा फाइनान्स कम्पनीहरुले प्रस्ताव पेश गर्न सक्नेछन् । लगानीको लागि यही जेठ १३ गते अपराह्न ५ बजेभित्र आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त लगानीको लागि दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बैंकिङ कसुरमा युवक पक्राउ
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए
- चुनाव घोषणापछि दुई ठूला जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनीलाई
- २६ वाणिज्य बैंक: जसले कमाए ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा
- बैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया