Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनी आयात गर्दै आएका व्यवसायीद्वारा कार्टेलिङ : रातारात मूल्य आकाशियो

चिनी आयात गर्दै आएका व्यवसायीद्वारा कार्टेलिङ : रातारात मूल्य आकाशियो


विराटनगर । भारत सरकारले चिनी निर्यात रोकेको निर्णय सार्वजानिक भएपछि विराटनगरका चिनी व्यवसायीहरूले चिनीको कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् ।

सुनसरी जिल्लामा इस्टर्न सुगर मिल सञ्चालन गर्दै आएको विराटनगरको गोल्छा समूह र विशाल समूहको व्यवसायी ग्रुपदेखि चिनीको ट्रेडिङ कारोबारीहरू समेतको संलग्नतामा कार्टेलिङ सुरु भएको हो । चिनी व्यवसायीले एकै रातमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुली गर्न थालेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले जानकारी दिएका छन् । करिडोरमा रहेका विष्कुट, चकलेट र जुस उद्योगका लागि मात्रै दैनिक दश हजार मेट्रिक टनभन्दा बढी चिनीको आवश्यकता पर्ने एक उद्योगीले बताए ।

उनका अनुसार भारतबाट चिनी आयात गर्न सकिएन भने अधिकांश कन्फेक्सनरी, चलकलेट र जुस बनाउँदै आएका उद्योगहरू बन्द हुने अवस्थामा पुग्नेछन् । उनले चिनीको ट्रेडिङ कारोबारीबाट महँगो मूल्यमा चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने बताए । चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन पल्केका चिनी व्यवसायीले भारतद्वारा चिनी आयातमा प्रतिबन्ध लगाएको बहाना बनाएर चिनीको हाहाकार मच्चाएर कालोबजारी सुरु गरेको खुद्रा व्यवसायीहरूको आरोप छ ।

चिनीका कारोबारीहरूले साल्ट ट्रेडिङले आफूसँग भएको मौज्दात चिनीले १५ दिन धान्न पनि नसकिने जवाफ दिएको भन्दै खुद्रा व्यवसायीहरूलाई चिनी दिन मानेका छैनन् । स्रोतका अनुसार भारत सरकारले चिनी निर्यात रोक्नुभन्दा अगाडि नै चिनी व्यवसायीहरूले विराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्यान्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेटस आदि मुलुकबाट ठूलो परिमाणमा चिनी आयत गरी स्टोर गरेर राखेका छन् । त्यसरी स्टोर गरेर राखेको सबै चिनी सरकारले आफ्नो नियन्त्रणमा लिएर सहुलियत मूल्यमा उद्योगलाई उपलब्ध गराउनुपर्ने करिडोरका उद्योगीले बताएका छन् ।

विराटनगरबाट चिनीको आयात गर्दै आएकामध्ये अहिले पनि अरविन्द स्टोर्स, विजयदीप इन्टरनेसनल र एसबी एण्ड सन्सले चिनी आयात गरेर लुकाएको व्यवसायीहरूको दाबी छ । यी व्यवसायी फर्महरूले विराटनगरबाट लामो समयदेखि समयअनुकूलको कारोबार गर्नेगरेका छन् । यो समूहमा मोरङ ब्यापार संघका पुर्व अध्यक्ष समेत संलग्न रहेको स्रोतको दाबी छ । भारतद्वारा चिनी निर्यातमा रोक लगाउनुअगावै आवश्यमताभन्दा बढी चिनीको स्टोर गरी राखेको यो समूहले चिनी भएर पनि मूल्यवृद्धि गर्नको लागि कृत्रिम अभाव सिर्जना गरेको खुद्रा व्यवसायीहरूले बताएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया