Techie IT
×
गृहपृष्ठbreakingओलीको आरोप : नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन

ओलीको आरोप : नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन


काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबार छलफलमा भाग लिँदै ओलीले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताएका हुन् । उनले आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गरे । ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गरे ।

आफूहरू सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उनले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गरे । उनले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गरे ।

संवादहीनतामा राखेर आफूहरूलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराए । उनले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गरे । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाए ।

उनले परराष्ट्रनीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि लगाए । ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताए । 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया