सिद्धान्तअनुसार चल्न नसक्दा सहकारीहरूमा समस्या
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू मूल्य, मान्यता, सिद्धान्तअनुसार चल्नुपर्नेमा जोड दिएकी छिन् । काभ्रेको धुलिखेलमा आयोजित सुशासन प्रवर्द्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको बिहीबार उद्घाटन गर्दै उनले सहकारीहरू मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएकाले समस्या उत्पन्न भइरहेको बताइन् ।
सहकारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने क्रममा नीतिगत, कानुनी र व्यावहारिकरूपमा काम गर्दा आएको कठिनाइ हटाउन मन्त्रालय तयार रहेको भन्दै उनले सहकारी अभियानलाई अगाडि बढ्न परिरहेको अप्ठ्याराको गाँठोे फुकाउन ऐन परिमार्जनको तयारीमा रहेको पनि जानकारी दिइन् । उनले संविधानमा सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रूपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा जोड समेत दिइन् । सहकारी क्षेत्रभित्र देखिएका खराब क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायहरूको भूमिका प्रभावकारी हुन नसकेको हो कि भन्ने प्रश्न उठिरहेकोले यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी ढंगबाट अगाडि लानुको विकल्प नभएको उनको भनाइ छ ।
सहकारीको सिद्धान्त मूल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारिताका साथ अघि बढाउन यस क्षेत्रका सबै पक्षको महत्वपूर्ण जिम्मेवारी रहेकोले त्यसतर्फ जिम्मेवार बन्न उनले सबैलाई आग्रह समेत गरिन् । मन्त्रालय भूमिहीनलाई भूमिपति बनाउन, सहकारी अभियानलाई प्रभावकारी बनाई सुुशासन प्रवर्द्धन गर्न सधैँ लागिरहेको पनि उनले बताइन् ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी अभियानलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न मन्त्रालय दृढ भएर लागेको बताए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्याग्रस्त सहकारीको संख्या बढ्न नदिन कानुन, नीति र व्यवहारमा सुधार गर्दै स्वनियमनमा जानु आवश्यक रहेको बताए । कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी संघसंस्थामा सुशासन र प्रवर्द्धनको लागि एकीकृत निर्देशिका, २०७९ जारी गरे । सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संयुक्त रूपमा आयोजना गरेको गोष्ठी शुक्रबार सकिनेछ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया