काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि पेश गरेको नीति तथा कार्यक्रम संघीय संसदबाट पारित भएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट बहुमतले पारित भएसँगै संघीय संसद्मा बजेट प्रस्तुत गर्ने बाटो वर्तमान सरकारलाई खुला भएको छ ।
शनिबार बसेको प्रतिनिधिसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि केही सासंदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन् । तर ती प्रस्तावहरू अस्वीकृत भएका थिए । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट बहुमतले पारित भइसकेको छ ।
यस्तै, जेठ १५ गते संसदको दुवै सदनमा अपराह्न ४ बजे बजेट पेश हुँदै छ । उक्त बैठकका लागि सांसदहरू ३ः४५ बजे नै उपस्थित हुन सभामुखले अनुरोध गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजेसम्मका लागि स्थगित भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकाङ्क्षालाई पूर्ण रुपमा आत्मसात् गरेको छ । सरकारले आगमी वर्षको नीति तथा कार्यक्रमले विकास, समृद्धि, शिक्षा स्वास्थ्यमा सहजता, सामाजिक न्याय, आपसी सद्भाव, राष्ट्रिय सहमतिसहित समुन्नत नेपालको आकांक्षालाई पूर्ण रुपमा आत्मसात् गरेको बताएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण गर्न योगदान पुग्नेछ । साथै, यसले नागरिक सुरक्षा, सामाजिक संरक्षण, शिक्षा स्वास्थ्यजस्ता सेवा सहज रुपमा उपलब्ध भई सामाजिक न्याय कायम गर्न मद्दत गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उत्पादन, उत्पादकत्व, रोजगारी वृद्धि गरी आर्थिक समृद्धिसहितको सामाजिक न्याय हासिल गर्न, हरेक नेपालीले २१औँ शताब्दीअनुकूलको जीवनयापन गर्न पाउने प्रबन्ध गर्न, गुणस्तरीय विकास संरचना निर्माण गर्न, कोभिड १९ जस्ता महामारीसँग जुध्न जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्न र मुलुकलाई समुन्नत बनाउन सबै नेपालीबीच आपसी सद्भाव र सहमति हुुनुपर्दछ । राष्ट्रिय सहमति र प्रतिबद्धताबाट यस नीति तथा कार्यक्रम अन्तर्निहित उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने सरकारको
विश्वास छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया