Techie IT
×
गृहपृष्ठसमाचारदैलेखमा ४८ जनालाई झोलुङ्गे पुल निर्माणसम्बन्धी तालिम

दैलेखमा ४८ जनालाई झोलुङ्गे पुल निर्माणसम्बन्धी तालिम


दैलेख । पूर्वाधार विकास कार्यालय दैलेखको आयोजनामा जिल्लाका युवाहरूलाई झोलुङ्गे पुल निर्माणसम्ब।न्धी तालिम प्रदान गरिएको छ । जिल्लाका नौ स्थानीय तहका ४८ जना महिला/पुरुषलाई नमूना झोलूङ्गे पुल निर्माण तलिम दिइएको पूर्वाधार विकास कार्यालय दैलेखका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए ।

उनका अनुसार ग्रामीण विकास सेवा केन्द्र दैलेखको साझेदारी तथा हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू/हेल्भेटास कर्णाली प्रदेश सुर्खेतको सहयोगमा पूर्वाधार विकास कार्यालय दैलेखमार्फत जिल्लामा १२ वटा झोलुङ्गे पुल निर्माण हुँदै छन् । आर्थिक वर्ष २०७९/८० भित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने झोलुङ्गे पुल निर्माणका लागि यही जेठ ७ गतेदेखि १४ गतेसम्म आठदिने तालिम प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा निर्माण हुनलागेका जिल्लाका १२ वटा झोलुङ्गे पुल निर्माणका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ । सोही उपभोक्ता समितिका पदाधिकारी २/२ जना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई जना मिस्त्री गरी ४८ जनालाई उक्त तालिम प्रदान गरिएको साझेदार संस्था ग्रामीण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नवीन शर्माले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा गरी दुई वर्षको अवैधमा जिल्लाका आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिका, भगवतिमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कुल १२ वटा झोलुङ्गे पुल निर्माण हुनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया