Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं उपत्यका प्रवेश गर्ने चारवटै नाकामा सुरु·मार्ग !

काठमाडौं उपत्यका प्रवेश गर्ने चारवटै नाकामा सुरु·मार्ग !


काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने चारवटै नाकामा सुरुङ्गमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् ।

चार भञ्ज्याङ्ग चार सुरुङ मार्गको अवधारणाअन्तर्गत काठमाडौं उपत्यकाका बाँकी तीन भञ्याङ्गतर्फ टोखा–छहरे–गोदावरी– पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । सुरुङमार्ग विकास कार्यक्रमको लागि एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेटले खास काम हुँदैन तर अध्ययनका लागि भने त्यसले केही सहयोग गर्ने छ ।

एउटा पश्चिमतर्फको भन्याज्याङ्ग नागढुंगा सुरुङ्गमार्गको लागि सरकारले सिस्नेखोला–नागढुंगाको सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र खोलिने दाबी गरेको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको लागि पाँच अर्ब २० करोड बजेट विनियोजन गरेको छ । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको कार्य सुरु गरिने बजेटमा उल्लेख छ । दुम्कीबास–बर्दघाट, कुलेखानी–भीमफेदी, खुर्कोट–चियावारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुंगा–इमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउ सुरुङमार्गको अध्ययन कार्यसम्पन्न गरिने बजेटमा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकाको सवारीचापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्की–नारायणगोपाल चोक सडकखण्डको विस्तारको लागि एक अर्ब बजेट विनियोजन गरेको छ । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्य सुरु गरिने बजेटमा दाबी गरिएको छ ।

काठमाडौं उपत्यकाको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माणको कार्य सुरु गरिने बजेटमा उल्लेख छ । तर, त्यसका लागि पर्याप्त बजेट भने सरकारले व्यवस्था गरेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया