आधारभूत सहकारी अध्यक्ष देवकोटा र प्रबन्धनिर्देशक सविना वाग्ले कर्तव्य ज्यान मुद्दामा पक्राउ
काठमाडौं । इन्द्रचोकमा कार्यालय रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष खड्ग बहादुर देवकोटा र उनकी श्रीमती समेत रहेकी प्रबन्धनिर्देशक सविना वाग्ले देवकोटा ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले गत ८ गते सत्यशक्ति गणेश बचत तथा ऋण सहकारीका प्रबन्धनिर्देशक रोमनाथ भण्डारीमाथि सांघातिक आक्रमण गरेका थिए । घाइते भण्डारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरेर उपचार गरिएको थियो । आक्रमण गरेकै साँझ प्रहरीले खड्ग देवकोटालाई पक्राउ गरेर राति नै छाडिएको थियो ।
टाउँकोमा ७ टाँका लगाएर उपचार गरिरहेका भण्डारीका भाइले भोलिपल्टै किटानी जाहेरी दिने प्रयास गरेका थिए तर सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले उनको जाहेरी लिन आनाकानी मात्र गरेनन् त्यसलाई संशोधन गरेर १३ गते मात्र जाहेरी लिएका थिए ।
घाइतेका भाइ प्रीतिनारायण भण्डारीले खड्ग बहादुर देवकोटा लगायत आठ जनाले सांघातिक आक्रमण गरेको भनी किटानी जाहेरी गरेका थिए र प्रहरीले त्यसै दिन उनीहरुलाई पक्राउ गर्नुपथ्र्यो तर प्रहरीले उनीहरुलाई माया गरेर पक्राउ गरेन ।
त्यसपछि पनि पीडित पक्षको हारगुहार र रोइकराइपछि बल्लबल्ल १८ गते प्रहरीले आलस्य देखाउँदै पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ नगर्नुमा तपाईंको अपवित्र साँठगाँठ भयो भन्ने आरोप छ नि भनी आर्थिक दैनिकले गरेको प्रश्नमा उनीहरुलाई संरक्षण नगरेको बताए ।
तर पीडितका परिवारजनले आफूहरुले लगेको किटानी जाहेरी नलिएर डीएसपी दाहालले आक्रमणकारीलाई सहयोग गरेको बताएका छन् । एक दिन, दुई दिन हुँदै हप्ता दिनसम्म पनि डीएसपी दाहालले किटानी जाहेरी नलिएर आलटाल गरेपछि उक्त सूचना प्रहरी प्रधान कार्यालयसम्म पुगेको बताइएको छ र उक्त घटनामा प्रधान कार्यालयले सूक्ष्म निगरानी गर्न प्रतिनिधि खटाएको बुझिएको छ ।
किटानी जाहेरी दिन पुगेका पीडितका आफन्तजनलाई डीएसपी दाहालले आफू कसैको प्रभाव र दबाबमा काम गर्ने मान्छे नभएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महराको काण्डमा त कसैको दबाबलाई मानिन भनेर कथा सुनाउने गरेको उनीहरुले बताएका छन् । त्यसपछि उनको गतिविधिमाथि विभिन्न आशंका गरिन थालिएको बुझिएको छ ।
आधारभूतका अध्यक्ष देवकोटा लगायतलाई पक्राउ तथा कारबाही नगर्न एमाले बाग्मती प्रदेशको सम्पर्क मञ्चका अध्यक्ष अशोक ठकुरी, राष्ट्रिय सहकारी महासंघको लेखा समितिका संयोजक धर्मदत्त देवकोटा र जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष सीता ढकाल पौडेललगायतका व्यक्तिले प्रहरीलाई दबाब दिएका थिए ।
यसअघि प्रहरीमा दिइएको जाहेरीमा अध्यक्ष देवकोटाले धारिलो हतियार प्रयोग गरी टाउकोमा प्रहार गर्दा घटना स्थलमा उपस्थित जानुका कोइरालाले हारगुहार गरेपछि घटनास्थलमा स्थानीयहरु समेत उपस्थित हुनथालेपछि मार्न नसकी मरणासन्न हुने अवस्थामा नै वारदात स्थलमा नै छाडी भागेको उल्लेख गरिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया