Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्चीको पानी बन्द

मेलम्चीको पानी बन्द


काठमाडौं । मनसुन सुरु भएपछि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी बन्द गरिएको छ । मेलम्चीको पानी बन्द गरे पनि वैकल्पिक स्रोतबाट राजधानीवासीलाई पानी उपलब्ध गराउने खानेपानी मन्त्री उमाकान्त चौधरीले बताए ।

खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले मेलम्चीको पानी बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गर्ने जानकारी दिए । उनका अनुसार यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिनभित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाइभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको उनले बताए ।

मेलम्चीको नदिबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पको रूपमा बागमती नदिबाट दैनिक छ करोड लिटर पानी थप गरिने र अपुग सात करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ति गरिने उनको भनाइ छ । आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्नुपरेको उनले बताए । आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्बर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्बर ढोका बन्द गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया