Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहोटलको कोठामा प्लास्टिकजन्य सामग्रीहरू प्रयोग बन्द

होटलको कोठामा प्लास्टिकजन्य सामग्रीहरू प्रयोग बन्द


काठमाडौं । होटलहरूले अबदेखि कोठामा प्लास्टिकजन्य सामग्रीहरू प्रयोग गर्न बन्द गर्ने भएका छन् । होटल संघ नेपालले ‘होटलको कोठाबाट एकल प्रयोग हुने प्लास्टिक हटाउने अभियान’ थालेको छ ।

विश्वमा व्यापकरूपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न संघले होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरू प्रयोग नहोस् भन्ने अभिप्रायले उक्त अभियानको घोषणा गरेको हो । यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने संघको विश्वास छ । जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले संघले आफ्ना सदस्य होटलहरूको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नुअघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङजस्ता वस्तुहरू मुख्य रहेका छन् । आँकडाअनुसार हरेक वर्ष करिब तीन सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ । होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई न्यूनीकरण गरी विश्वव्यापीरूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।

संघले एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता समेत गरेको छ । सोही अभियानलाई केन्द्रित गरी कमभन्दा कम लागतमा पाहुनाहरूलाई सत्कार गरी वातावरणीय अनुकूलतालाई प्राथमिकतामा राखी पर्यापर्यटनमैत्री उत्पादनहरूको प्रयोगलाई अगाडि बढाइएको छ । होमस्टे महासंघ र होटल महासंघले पनि यस अभियानलाई साथ दिई अगाडि बढ्ने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया