Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


काठमाडौं । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । यद्यपि खाना पकाउने ग्यासजस्तो सर्वसाधारणको चुल्होलाई प्रत्यक्ष प्रभाव पार्ने ग्यासको मूल्य भने घटाएको छैन ।

निगमले बिहीबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५३ कामय भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारको आलोचना भएपछि अर्थ मन्त्रालय बाध्य भएर पूर्वाधार करबापतका रकम निगमलाई फिर्ता दिन सहमत भएको हो । खाना पकाउने एलपी ग्यास र हवाइ इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय, हवाइ इन्धन (आन्तरिक)को प्रतिलिटर १६६ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया