Techie IT
×
गृहपृष्ठbreakingघुससहित स्कूलका प्रधानाध्यापक र अध्यक्ष पक्राउ

घुससहित स्कूलका प्रधानाध्यापक र अध्यक्ष पक्राउ


काठमाडौं । महोत्तरीको एकडारा–३ को श्री मा.वि.का प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान घुस रकमसहित पक्राउ परेका छन् । विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको लागि महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशवाट ५० लाख रकम विनियोजन भई विद्यालयमा गएको बजेटमा आफूहरुलाई कमिसनबापत सात प्रतिशत रकम अग्रिम आफूहरुलाई चाहिने भन्दै काममा अवरोध गरेका थिए ।

आफैँ प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनको अध्यक्षमा बहाल रहेका व्यक्तिहरुले नै विद्यालयकै काममा कमिसन खोजेपछि ठेकेदारले सोबापत किस्ताबन्दीमा कमिसन दिने भन्दै जिल्लाकै जलेश्वर न.पा.–२ टाउन प्लानिङस्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा ५० हजार दिँदै र उनीहरुले लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएका छन् ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया