हतियारसहित पक्राउ गर्ने प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी
काठमाडौं । बारामा हतियारसहित एक भारतीयलाई पक्राउ गर्ने प्रहरीलाई नै झूटो पक्राउ गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । घुमुवा प्रहरी रहेका बाराका सशस्त्र प्रहरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीका वरिष्ठ हवलदार अशोक साह सोनार, सहायक हवलदार आत्माराम पटेल, सहायक हवलदार रत्नसागर झा र सशस्त्र प्रहरी जवान सुनिल कुमार यादवविरुद्ध पैसा दिएर भारतबाट हतियार मगाएर दुई जना भारतीयलाई पक्राउ गरेको आरोपमा अनुसन्धान गर्न भन्दै इलाका प्रहरी कार्यालय सिम्रौनगढको मागबमोजिम पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ ।
प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले हतियारकाण्डमा नाम मुछिएपछि सशस्त्र प्रहरीका चार जनालाई बोलाएर एकपल्ट बयान लिएर हाजिरी जमानतमा छोडिएको बताए । सशस्त्र प्रहरीका चार जना घुमुवाले भारतीय नागरिक लालबाबु कुशवाहालाई पैसा दिएर हतियार खरिद गराई दुई जना भारतीयलाई नेपाल बोलाएर हतियारसहित पक्राउ गरेको बयानबाट खुलेपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले गएको वैशाख २३ गते भारतको पूर्वी चम्पारणको लौखानका २३ वर्षीय पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई सिम्रौनगढ नगरपालिका–१० बाट बी आर ०१ सी १३६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा दुई थान पेस्तोल र चार राउन्ड गोलीसहित पक्राउ गरेको थियो । नक्कली पक्राउ गर्नकै लागि दुवै जना भारतीय युवकलाई सशस्त्र प्रहरीका घुमुवाले हतियार खरिद गर्न पैसा दिएका भारतीय नागरिक लालबाबु कुशवाहाले पठाएको बयानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया