Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि सिलवाललाई

नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि सिलवाललाई


काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा आइतबार सम्पन्न नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुईदिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले सात खेलबाट सात अंक बनाउँदै सात हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौंका कुशल बेलबासे र तिलिङ्टार माविका पूर्णिमा गुरुङ समान छ अंकका साथ दोस्रो तथा तेस्रो स्थान हासिल गर्दै क्रमशः पाँच हजार तथा चार हजार नगद प्राप्त गरे । त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलव ५ अंकका साथ चौथो स्थानमा रहँदै तीन हजार नगद हासिल गरे भने सात खेलबाट पाँच अंक बनाएका कपिल घिमिरे पाँचौं हुँदै नगद दुई हजार प्राप्त गर्न सफल रहे । काठमाडौंकी मार्सल तामाङ सात खेलबाट पाँच अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भइन् ।

त्यसैगरी झापाकी पुनम प्रसाईं चार अंकका साथ दोस्रो, युनिशा सुवेदी तेस्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौँ स्थानमा रहन सफल भए । समान पाँच अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेरसमूहमा क्रमशः पहिलो तथा दोस्रो स्थानमा रहन सफल भए । त्यस्तै समान ४ दशमलव अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेस्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी चार अंकका साथ पाँचौँ भए । १० वर्षसम्मको उमेरसमूहमा लक्ष्य मोर चार अंकका साथ पहिलो हुन सफल भए । त्यस्तै अग्रीम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोस्रो, तेस्रो, चौथो तथा पाँचौँ हुन सफल भए ।

प्रतियोगिताका विजेता : खेलाडीलाई नेपाल खेलकुद महासंघका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसी, इन्टरनेसनल मोटिभेसनल स्पिकर भुवनराज चतौट, नेकोसका केन्द्रीय सदस्य नवराज खरेल, प्रमुख आर्बिटर उतम ढुंगेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोट्र्स डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेललगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया