Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सय ४५ स्थानीय तहमा पुुगे वाणिज्य बैंकहरु

सात सय ४५ स्थानीय तहमा पुुगे वाणिज्य बैंकहरु


सुरेश राउत
काठमाडौं, फागुन ७
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले सात सय ४५ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको छ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या आठ मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ६४ पुुगेको छ । सोहीअनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ९० वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ असोज मसान्तसम्म कुुल एक सय ८५ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ४० वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४५ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार तीन सय ९४ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार ११ वटा, विकास बैंकहरुको एक हजार दुुई सय ९३, फाइनान्स कम्पनीहरुको दुुई सय २९ र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार आठ सय ६१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा प्रदेश नम्बर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर दुुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३५ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर पाँचमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८६ स्थानीय तहरुमा बैंकहरुको शाखा पुुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया