काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डीको कारोबार गरेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार बारा पचरौता नगरपालिका–७ घर भई काठमाडौंको टंकेश्वर कालीमाटी बस्दै आएका ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष टोलीले यही जेठ २१ गते कलवारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कलवारको साथबाट नेपाली रुपैयाँ १७ लाख ६६ हजार तीन सय र भारतीय रुपैयाँ १२ लाख आठ हजार सात सय भारतीय रुपैयाँ समेत कुल ३७ लाख दुई सय २० रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका कलवारलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अस्थिर राजनीतिले अर्थमा अनर्थ निम्त्याउँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- कतारसँग श्रम सम्झौता पुनरावलोकन गर्ने तयारी
- बैंकहरूको खराब कर्जा करिब चार प्रतिशत
- महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदित
- धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी शाक्यलाई
- क्युआर कोडबाट हुने अन्तरदेशीय रिटेल भुक्तानी नियमन गर्दै राष्ट्र बैंक
- देशभर मौसम सफा रहने विभागको पूर्वानुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया