२ जलविद्युत् आयोजनाको झण्डै २६ अर्ब लगानी स्वीकृत
पश्चिम सेती र सेती नदी–६ अघि बढ्ने, माथिल्लो कर्णालीको शर्तसहित म्याद थप
काठमाडौं । लगानी बोर्डको कार्यालयले दुई जलविद्युत् परियोजनाको झण्डै २६ अर्ब लगानी स्वीकृत गरेको छ । सोमबार प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ५१औँ बैठकले तामाकोशी पाँचौँ र राहुघाट जलविद्युत् परियोजनाको २५ अर्ब ९२ करोड रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिएका हुन् ।
तामाकोशी पाँचौँको लागत १६ अर्ब ४५ करोड ९८ लाख रहेको छ । दोलखा जिल्लामा रहेको यो आयोजना ९९.८ मेगावाट क्षमताको छ । त्यस्तै म्याग्दी जिल्लामा रहेको राहुघाट ४० मेगावाट क्षमताको छ । यसको लागत नौ अर्ब ४७ करोड ३० लाख रुपैयाँ छ । बोर्डका अनुसार पश्चिम सेती र सेती नदी ६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेस गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकताअनुसार कार्यान्वयन गर्दै जाने निर्णय पनि भएको छ ।
योसँगै भारतीय कम्पनी एनएचपीसी लिमिटेड, गभर्नमेन्ट अफ इन्डिया इन्टरप्राइजले उक्त परियोजना वार्ताबाट कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्समक्ष निर्णयका लागि सिफारिस गर्ने निर्णय पनि भएको छ । यता, नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेडले २४ महिनाभित्र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्तसहित म्याद थप गर्न मन्त्रिपरिषद्समक्ष निर्णयका लागि सिफारिस गर्ने बोर्डले निर्णय गरेको छ ।
त्यसैगरी सोही बैठकले भेहिकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट परियोजनाको विकासका लागि प्रस्तावक मोट्रेक्स कम्पनी लिमिटेडसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधान्मन्त्री देउवाले जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा सञ्चालन गर्दा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप वातावरणमैत्री प्रविधिको अवलम्बन गर्न निर्देशन दिएका थिए । अघिल्लो बोर्ड बैठकले निर्देश गरेअनुसार परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धनलगायत अन्य गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
सो बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, उद्योगमन्त्री दिलेन्द्र बडू, वनमन्त्री रामसहाय यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदास वैरागी, गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञसदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ र बालकृष्ण सिवाकोटीलगायत उपस्थित थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया