Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षणको नयाँ नियमावली जारी

बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षणको नयाँ नियमावली जारी


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण नियमावली २०७९ जारी गरेको छ । राष्ट्र बैंकले विप्रेषणसम्बन्धी कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्नको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को १२ ले दिएको अधिकार प्रयोग गरी उक्त विनियमावली कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार यो विनियमावली नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०७९ जेठ १८ गते बसेको बैठकले स्वीकृत गरेको थियो ।

विप्रेषण कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन प्रचलित कानुन तथा अन्य नीतिगत व्यवस्थाअन्तर्गत रहेर निरीक्षण तथा सुपरिवेक्षण गरिने राष्ट्र बैंकको भनाइ छ । यसअन्तर्गत प्रचलित कानुनबमोजिमको व्यवस्था र यस बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनहरुको पालनाा भए नभएको परीक्षण गर्ने, विप्रेषणको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, विप्रेषकले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोबारमा अन्तर्निहित जोखिम पहिचान तथा सोको व्यवस्थापन परीक्षण गर्ने र राष्ट्र बैंकबाट माग गरिएको वा बैंकमा पेश हुन आएको विवरण तथा जानकारीको अध्ययन र विश्लेषण गर्ने कार्य विनियमावलीले गर्नेछ ।

राष्ट्र बैंकका अनुसार विप्रेषण कम्पनीहरुको निरीक्षणको क्रममा सम्बन्धित कागजपत्रहरु संकलन गरेर अथवा स्थलगतरुपमा नै निरीक्षण गर्न सकिनेछ । निरीक्षणको लागि स्थलगत निरीक्षण इकाइ, गैरस्थलगत सुपरिवेक्षण इकाइ, आन्तरिक प्रशासन र नीति इकाइ र अनुपालना तथा कार्यान्वयन इकाइ गठन गरिएको छ । यसअन्तर्गत निरीक्षणमा जाने कर्मचारी उच्च नैतिक आचरणको हुनुपर्ने, निरीक्षक वा सुपरिवेक्षकले डर, त्रास, धाकधम्की, लोभ, लालच, प्रतिशोध आस्था आदिमा नपरी स्वतन्त्र र निर्भीकरुपमा निरीक्षण गर्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

निरीक्षक वा सुपरिवेक्षकले आफ्नो निजी काम तथा स्वार्थका लागि विप्रेषकको सवारीसाधन प्रयोग गर्न, विप्रेषकले प्रदान गर्ने सेवामा व्यक्तिगत लाभ हुने गरी कुनै पनि प्रकारको लाभ लिन नहुने जानकारी नियमावलीमा उल्लेख छ । यसैगरी निरीक्षक वा सुपरिवेक्षकले निरीक्षणको सिलसिलामा उपलब्ध सूचना तथा विवरण सम्बन्धित पदाधिकारी र अख्तियारवाला संस्थाहरुबाट अन्यत्र प्रवाह गर्न नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ कसुरका तीन जना पक्राउ
झण्डै डेढ करोड रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङ र धनुषाको लक्ष्मिनियाँ वडा नं. २ घर भई हाल काठमाडौंको जडीबुटी बस्दै आएका ३९ वर्षीय हसन साफीलाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय तामाङलाई मंगलबार काठमाडौंको माकलबारीबाट पक्राउ ग।िएको हो । सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ वर्षीय तामाङलाई बंैकिङ कसुरसम्बन्धी मुद्दामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम भएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । काठमाडौंको माकलबारीबाट पक्राउ परेका तामाङलाई बुधबार नै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको छ ।

Open photo

प्रहरी उपरीक्षक आचार्यका अनुसार बुधबार नै धनुषाको लक्ष्मिनियाँ वडा न २ घर भई हाल काठमाडौंको जडीबुटी बस्दै आएका ३९ वर्षीया हसन साफीलाई पनि बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नै भएको आधारमा काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएको छ । अमर दिप साहको जाहेरीले वादी नेपाल सरकार र धनुषाको लक्ष्मिनियाँ वडा नं. २ घर भई हाल काठमाडौंको जडीबुटी बस्ने ३९ वर्षीया हसन साफीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा ९५ लाख रुपैंयाँ बिगो कायम भएको आचार्यले जानकारी दिए । सोपश्चात् फरार भएका साफीलाई काठमाडौको बत्तीसपुतलीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार नै जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

यसैगरी प्रहरीले ठगीसम्बन्धी मुद्दामा बुधबार नै पाल्पाको तिनाउ घर भई हाल काठमाडौंको धुम्वाराहीमा बस्दै आएका ४० वर्षीय जित बहादुर गुरुङलाई पनि ठगी मुद्दाको फरार प्रतिवादी भएको आधारमा पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी उपरीक्षक आचार्यका अनुसार गुरुङलाई काठमाडौंको वसुन्धाराबाट पक्राउ गरी सोही बुधबार नै थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया