Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९८ दिन ‘सुत्केरी बिदा’ दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

९८ दिन ‘सुत्केरी बिदा’ दिन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि गरेर ९८ दिन तलबसहितको ‘सुत्केरी बिदा’ उपलब्ध गराउन सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा उल्लेख भएअनुसार केही कार्यालयमा बिदा नदिएको भन्ने गुनासो आएका कारण सबैलाई ऐनअनुसार चल्न मन्त्रालयले आग्रह गरेको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी, सरकारी र गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया