बतास समूहलाई धर्मशाला छोड्न र पैसा तिर्न कोषको अल्टिमेटम
काठमाडौं । बतास समूहलाई पशुपति क्षेत्र विकास कोषले आफुसंग सम्झौता गरेबमोजिम कोषलाई तिर्न बाँकी रकम जेठ मसान्तसम्म भुक्तानी गर्न अल्टिमेटम दिएको छ । कोषले गत जेठ २५ गते बतास समूहअन्तर्गत रहेको होटल आनन्द प्रालिलाई पत्र लेख्दै यस अगि भएको सम्झौता गत चैत १४ गते नै भंग भइसकेकोले होटल आनन्दले गौशालाको नेपाल भारत मैत्री पशुपति धर्मशालामा सञ्चालन गर्दै आएको होटल बन्द गरी साँचोसहित बाँकी रहेको हिसाब किताब बुझाउन जेठ मसान्तसम्मको समय दिएको हो ।
कोषले होटल हानन्दलाई लेखेको पत्रमा कोषको हक स्वामित्वको का.जि. का.म.न.पा.वडा न. ८ कि. नं. २७, २८ र २९ समेतको १९ रोपनी जग्गामा निर्मित नेपाल भारत मैत्री पशुपती धर्मशाला भवनलाई ‘प्रिमियम क्याटागोरी अकमण्डेशन’ स्तरमा सञ्चालन गर्ने गरी कोष र तहाँ प्रालिबीच मिति २०७६ वैशाख ३० गते बहालमा लिने दिने सम्बन्धमा विभिन्न शर्तहरुसहित लिज करार सम्पन्न भई सो करारका शर्तअनुसार २०७६ जेठ १ मा सम्झौता बमोजिमको सम्पत्ति एवं हस्तान्तरण गरेको विवरणअनुसारका सामग्री कोषले हस्तान्तरण गरी धर्मशाला भवनको साँचोसहित जिम्मा लिई तहाँले हालसम्म सञ्चालन गरी आएकै र करारको दोस्रो पक्ष भई तहाँले सम्झौताको शर्तअनुसार धर्मशाला संचालन नगरी शर्तहरुको गम्भीर उल्लघंन गरेकोले प्रचलित कानुनबमोजिम कोषको सञ्चालक परिषद्को २०७८ चैत १४ को निर्णयले तहाँसँग भएको सम्झौता रद्द गरिएको व्यहोरा तहाँलाई अवगत रहेको पत्रमा भनिएको छ ।
करार रद्द भइसकेपश्चात् तहाँले कोषलाई भुक्तानी गर्नुपर्ने बहाललगायतको रकम राफसाफ गरी तहाँलाई हस्तान्तरण गरिएको कोषको सम्पत्ति कोषलाई हस्तान्तरण गर्नु पर्नेमा घिङन्यायी गरी हालसम्म फरफारक नगरेकोले २०७९ जेठ मसान्तभित्र तहाँले धर्मशाला सञ्चालन गरेको अवधिसम्मको सम्झौताबमोजिमको बहाल रकम लगायतको रकम चुक्ता गर्न र कोषबाट तहाँलाई हस्तान्तरण गरिएको लिगलगापातसहित सम्पूर्ण सम्पत्ति सम्झौता एवं प्रचलित कानुनबमोजिम कोषलाई फिर्ता गरी फरफारक गर्न अनुरोध गरिएको छ ।
‘साथै तपाईंले सम्झौता विपरीतका काम कारबाही गरेको कारणले कोषलाई पुग्न गएको हानि/नोक्सानीको रकम निर्धारण गर्नुपर्ने भएकोले सोही मितिभित्रमा कोषमा उपस्थित भई हानि/नोक्सानीको रकम एकीन गर्नुहुन र कोषको स्वामित्वको धर्मशालालगायत लिगलगापात सार्वजनिक सम्पत्ति संरक्षण गर्नु पर्ने कोषको दायित्वलाई आत्मसात् गरी तहाँले सञ्चालन गरी आउनुभएको नेपाल भारत मैत्री पशुपती धर्मशालाको सञ्चालन अब उप्रान्त यस कोषको निर्णयअनुसार सञ्चालन गर्न गराउने कार्यमा सहयोग गर्नुहुन अनुरोध छ ।
अन्यथा करारको शर्त, सम्बद्ध ऐन, नियम, विनियम, निर्देशिका एवं प्रचलित कानुनबमोजिम भइजाने व्यहोरा समेत जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । कोषसँग भएको सम्झौताविपरीत बतास समूहले धर्मशालामा महंगो दरमा होटल सञ्चालन गरेको भन्दै पर्यटन मन्त्री प्रेम आलेको नेतृत्वमा गएको टोलीले धर्मशालाको निरिक्षण गर्नुको साथै धर्मशालामा संचालित महंगो होटल बन्द गराउन कोषलाई ठाडो आदेश दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया