करछली र निर्माण सामग्रीको कार्टेलिङ विवादमा आलोक इन्टरप्राइजेज
विराटनगर । विराटनगरको कन्चनबारीमा सञ्चालन हुँदै आएको आलोक इन्टरप्राइजेजले ब्यापक मूल्यवृद्धि गरी निर्माण सामग्रीको कार्टेलिङ गर्नेगरेको तथा करछली गर्नेगरेको पाइएको छ । आलोक इन्टरप्राइजेजका सञ्चालक कपील अग्रवालले कमला आइरन, मैनाबत्ती स्टिल, हुलास वायर र आरती स्ट्रिप्स उद्योगबाट उत्पादित निर्माण सामग्रीहरूको बिक्रीवितरणमा व्यापक कार्टेलिङ गर्दै आएका छन् ।
उनी विभिन्न निर्माणका सामानहरूमा समयानुकूल कालोबजारी गर्नमा माहिर रहेको स्थानीय व्यवसायी बताउँछन् । पछिल्लो समय बजारमा निर्माण सामग्रीको भाउ अनियन्त्रित बन्दै गएको छ । बजार अनुगमन समेत हुन सकेको छैन । यसैको मोका छोपेर अग्रवालले आफूखुसी मूल्य कायम गर्दै निर्माण सामग्री बिक्रीवितरण गरिरहेका छन् । उनले उद्योगसँगै सेटिङ गरेर बजार मूल्य कायम गर्न थालेको यहाँका उपभोक्ताहरूको आरोप छ । व्यवसायी अग्रवालले सरकारको इजाजतविना नै क्याल्सियम र कार्बहाइडेटको समेत बिक्रीवितरण गर्नेगरेका छन् । क्यालसियम र कार्बहाइट बिक्रीवितरण गर्नका लागि सरकारको स्वीकृत अनिवार्य रहेको भए पनि उनले सरकारको स्वीकृतिविना नै कारोबार गर्नेगरेको व्यवसायीस्रोतले जानकारी दिएको हो ।
आलोक इन्टरप्राइजेजले एसिएन पेन्ट्स बिक्रीवितरण गर्दा समेत पहिलो ग्रेडको पैसा उपभोक्तासँग लिएर तेस्रो ग्रेडको पेन्ट्स बिक्रीवितरण गर्नेगरेका उपभोक्ताको गुनासो छ । यसरी पटक–पटक विवादमा आएको कपिल अग्रवालको आलोक इन्टरप्राइजेज फर्मद्वारा करछली गरिरहेको घटना बाहिरिएसँगै आन्तरिकरूपमा राजस्व दाखिलाका विवरणहरू अध्ययन भइरहेको आन्तरिक राजस्व कार्यालयको स्रोतले जानकारी दिएको छ ।
सञ्चालक अग्रवालले उक्त फर्मबाट बिलबिजक जारी गर्दा न्यून बिलबिजक जारी गरी आयकरसहित मूअकर समेतमा व्यापक छली भएको हुनसक्ने भन्दै सूक्ष्म रूपमा आन्तरिक राजस्व कार्यालयबाट अनुसन्धान सुरु भएको हो । आन्तरिक राजस्व कार्यालयमा सञ्चालक अग्रवालले बुझाएको कारोबारको विवरण नै शंकाको घेरामा पर्न पुगेको छ । आलोक इन्टरप्राइजेजले व्यापारी र उद्योगीबीचको मिलेमतोमा बजारमा उपलब्ध निर्माण सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङ गर्नेगरेको व्यापारीहरूकै दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया