Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशको औद्योगिक कर्जा प्रवाहमा १४.३ प्रतिशतले वृद्धि

सुदूरपश्चिम प्रदेशको औद्योगिक कर्जा प्रवाहमा १४.३ प्रतिशतले वृद्धि


काठमाडौं । सुदूरपश्चिम प्रदेशको औद्योगिक कर्जा प्रवाहमा १४ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा १४ दशमलव तीन प्रतिशतले वृद्धि भई २७ अर्ब २७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो कर्जा १७ दशमलव ७४ प्रतिशतले वृद्धि भएको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश १८ दशमलव ४९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७८ पुसमसान्तसम्म २०७८ असार मसान्तको तुलनामा कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४७ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ भने विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी २९ दशमलव ३१ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययनको क्रममा सुदूरपश्चिम प्रदेशमा गरेको अर्धवार्षिक अध्ययन प्रतिवदेन २०७८/७९ मा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुरुप कुल औद्योगिक कर्जामध्ये गैरखाद्यवस्तुसम्बन्धी उद्योगमा २४ दशमलव ८४ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ३१ दशमलव १५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ३४ दशमलव ३४ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा शून्य दशमलव ६८ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा आठ दशमलव ३१ प्रतिशत, खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ६८ प्रतिशत अंश रहेको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लोका अंश सबैभन्दा बढी ७७ दशमलव ९४ प्रतिशत अर्थात् २१ अर्ब २६ करोड र बाजुरा जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव ३३ प्रतिशत अर्थात् ११ करोड रहेको छ । यसैगगरी कञ्चनपुर , डडेल्धुरा, डोटी, बझाङ, अछाम, दार्चुला तथा बैतडीको अंश क्रमशः १६ दशमलव ५२ प्रतिशत (४ अर्ब ५१ करोड ), दुई दशमलव ४९ प्रतिशत ( ६८ करोड) , शून्य दशमलव ७५ प्रतिशत (२० करोड ), शून्य दशमलव ३३ प्रतिशत (९ करोड ) , शून्य दशमलव ५७ प्रतिशत (१५ करोड ), शून्य दशमलव ५४ प्रतिशत (१५ करोड ) र शून्य दशमलव ४६ प्रतिशत (१३ करोड) रहेको छ ।

यसैबीच पछिल्लो चार वर्ष (२०७७ देखि २०७८) मा औद्योगिक कर्जा प्रवाह भने ठूलो मात्रामा निर्माण र कृषि वन तथा पेय पदार्थ उत्पादन सम्वन्धी र सबैभन्दा कम खानी र विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक अवधिमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको १८ दशमलव ४९ प्रतिशत रहेको छ । अर्धवार्षिक अवधिमा उद्योगको औसत क्षमता उपयोग ३४ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै, औद्योगिक उत्पादनमध्ये आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक अवधिमा रोजिन र तोरीको तेलको उत्पादनमा ह्रास आएको छ भने अन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएको छ ।

प्रतिवेदनले औद्योगिक क्षेत्रमा प्रशस्त चुनौती रहेको उल्लेख गरेको छ । औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्नु, कोभिड १९ महामारीले बन्द उद्योगहरु पुनः सञ्चालनमा ल्याउनु, उद्योग सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यकता अनुसार अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गर्नु, आपूर्ति व्यवस्थापनलाई सहज बनाउनु, स्थानीय स्रोतको उपयोग गर्नु, स्वदेशी श्रम शक्तिको दक्षता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमता, विविधीकरण र उत्पादकत्व वृद्धि गर्नु यस प्रदेशका उद्योगहरुको चुनौतीको रुपमा देखिएको छ ।

यस प्रदेशमा औद्योगिक विकास तथा प्रवर्द्धनको सम्भावनाहरु भने पर्याप्त रहेको पाइन्छ । साना तथा लघु उद्यमहरुको विकास, स्थानीयस्तरका औद्योगिक ग्राम थता औद्योगिक क्षेत्रको पहिचान तथा विकास, यार्सागुम्बा, मह, सल्लोका उत्पादनालाई प्रोत्साहन गरी औद्योगिक विकास प्रक्रिया सहज बनाइने, बहुमूल्य जडीबुटी यार्सागुम्बा, पाँचऔले, भ्याउ, भुतकेश भ्याकुर, दालचिनी, टिमुर, धुपिपमत, अमल आदि प्रशोधनका लागि जडीबुटी प्रशोधन उद्योग स्थापना गर्न सक्ने, धान, गहुँ दलह तथा नगदबालीको स्थापना गर्न सक्ने, मैकको उत्पादन पर्याप्त हुनुको साथै व्यावसायिक बुँगुर तथा कुखुरपालनामा वृद्धि भए सँगै पशुदानासम्बन्धी उद्योग स्थापना गर्न सक्ने, तामा, फलाम, मार्वल उद्योगका साथै चिनी, कागज प्रागारिक मललगायतका उद्योग स्थापना गर्न सकिने ।

करिब तीन सय ५४ दशमलव ८७ विगाह क्षेत्रफलमा फैलिएको औद्योगिक प्लटहरु ३२ दशमलव ८८ प्रतिशत रहने दैजी छेला औद्योगिक क्षेत्र समेत यस प्रदेशमा पर्दछ । जसले आर्थिक रुपान्तरणमा ठूलो सहयोग गर्न सक्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया