काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काभ्रेको पनौती नगरपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर वडा नं. १२ बस्दै आएका ५६ वर्षीय डल्ले कामीलाई काठमाडौंको धुम्वाराहीबाट पक्राउ गरिएको हो ।
लक्ष्मी माया रानामगरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कामी भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट वि.सं. २०७७ साल मंसिर २३ गतेको फैसलाबाट कामीलाई १० लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र बिगो रकम १० लाख ५० हजार रुपैयाँ अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
अदालतको उक्त फैसलापश्चात् फरार भएका कामीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्वाराहीबाट पक्राउ गरी सोमबार फैसाल कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको जानकारी दिएको छ । यसैबिच उक्त कार्यालयले ठगी, आपराधिक विश्वासघात कसुर मुद्दाका फरार प्रतिवादी अनुराधा कुमारी साहलाई पनि पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका अनुसार धनुषाको रावेला घर भई हाल काठमाडौंको गौशाला बस्ने ४५ वर्षीय साहलाई ठगी कसुरमा पक्राउ गरिएको हो ।
तैयव अली समेतको जाहेरीको आधारमा नेपाल सरकार रामदेव साह तेली समेतको भएका ठगी, आपराधिक लाभा र विश्वासपक्ष कसुर मुद्दामा यही जेठ २८ गते काठमाडौंको बुद्धनगरबाट साहलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ । पक्राउ परेकी साहलाई थप अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया