Techie IT
×
गृहपृष्ठbreakingदुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ


काठमाडौं । दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका स्थायी घर भएका हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्दै आएका ३१ वर्षीय निराजन कार्की छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार दार्चुलाको लेकम गाउँपालिका ६ घर भई हाल काठमाडौंको विशालनगर बस्ने ४१ वर्षीय तारा गिरीलाई काठमाडौंको सिफलमा रहेको भिजन मल्टिप्रपोज प्राइभेट लिमिटेडका सञ्चालक रहेका कार्कीले दुवई जान सात लाख लाग्छ, त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा गार्डको काम लगाइदिन्छु, एक लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी गिरीबाट सात लाख रकम लिई सम्पर्कविहीन भएका थिए ।

तत्पश्चात् वैदेशिक रोजगार विभागबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निजलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काठमाडौंको नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया