Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविभागको निर्देशनविपरीत कारोबार गर्ने देउराली सहकारी आर्थिक संकटमा

विभागको निर्देशनविपरीत कारोबार गर्ने देउराली सहकारी आर्थिक संकटमा


ललितपुर । सहकारी विभागले दिएको सीमाभन्दा बढी ब्याजदर दिएर निक्षेप तथा कर्जा लगानी गरेको ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संकटले बन्द भएको छ ।

निक्षेपकर्तालाई तरलता अभाव देखाउँदै लामो समयदेखि बचत फिर्ता गर्न नसकेको सहकारीले एक सूचना जारी गर्दै सुरुमा शुक्रबारसम्मलाई कारोबार बन्द भनेर सूचना निकाले पनि अब निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको स्रोतले दाबी गरेको छ ।

निक्षेप बचतकर्ताहरुका अनुसार सहकारीले विगत लामो समयदेखि नै बचत फिर्ता गर्न सकेको छैन भने आजभोलि भन्दै झुलाउँदै आएको छ ।

संस्था संकटमा गएको र बचतहरु संस्थाका उच्च पदस्थहरुको संलग्नतामा अनियमितता भइरहेको सुइँको बचतकर्ताहरुले पाएपछि सहकारीमा बचत फिर्ता लिन जानेको लाइन नै लाग्नथालेको थियो । एक सदस्यले भने आफूले बचत गरेको पैसा फिर्ता लिन जाँदा आजभोलि भन्दै सहकारीले झुलाउने र बढीमा २५ हजारसम्म दिने गरेको र बाँकी दिन आलटाल गरेको बताए । दुःख गरेर कमाएको २०÷५० रुपैयाँ गरेर जम्मा गरेको पैसा छैन भनेर नै नदिएको सहकारीले गर्दा आफूहरु घरायसी समस्यामा परेको ती सदस्यले बताए ।

पहिला जय सहकारीको नारामा आएका सहकारीहरु सरकारको उचित नियमन र प्रयाप्त कानुनको अभावकै कारण न्यूनवर्गका जनताको पैसा खाएर तिनका सञ्चालकहरु साढे जसरी हिँड्ने गरेको उनको गुनासो थियो । बचतकर्ताहरुको अनुसार देउरालीसँगै नाम चलेका ललितपुरकै अन्य सहकारीहरु समेत संकटमा जाने देखिएको छ । सहकारीलाई आफ्नो प्याओ संस्थाजसरी चलाएर आफ्नो घरपरिवारका अन्य सदस्यहरुको नाममा विभिन्न कम्पनीहरु खडा गरी गरिएको लगानीले ललितपुरकै अन्य सहकारीहरु समेत भित्र–भित्र संकटमा गइसकेको बचतकर्ताहरुको आरोप छ ।

साना–साना बचतकर्ताहरुले आफ्नो गाँस छुट्याएर बचत गर्ने सहकारीमा सरकारले उचित ध्यान दिनुपर्नेमा सरकार निदाएर बसेको समेत उनीहरुले आरोप लगाए । उनीहरुका अनुसार यसको मुख्य जिम्मेवार सहकारी विभाग हुने भए पनि सहकारी सञ्चालकहरुको सिधा पहुँचकै भरमा विभागका कर्मचारीहरुसमेत आर्थिक लाभको आशामा जे–जस्तो अवस्थामा पनि सहकारीलाई सञ्चालन गर्न दिने र छानबिन गर्न आलटाल गर्ने गरेको छ ।

आर्थिक संकटमा आएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको कुल वासलात करिब तीन अर्ब रुपैयाँ रहेको बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया