Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधारभूत सहरकारीका अध्यक्ष र प्रबन्धनिर्देशकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

आधारभूत सहरकारीका अध्यक्ष र प्रबन्धनिर्देशकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज


काठमाडौं । इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खड्ग बहादुर देवकोटा र उनकी श्रीमती समेत रहेकी प्रबन्धनिर्देशक सविना वाग्ले देवकोटाले सर्वोच्च अदालतमा हालेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

उनीहरुले आफूलाई प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेको आरोप लगाएर थुनामुक्त गराइपाऊँ भनी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुले दिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको ५ नम्बर इजलासले गत शुक्रबार खारेज गरेको हो ।

रोमनाथ भण्डारीमाथि गत जेठ ८ गते सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको किटानी जाहेरीपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले देवकोटा दम्पतीलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जेठ १३ गते किटानी जाहेरी परेपछि प्रहरीले जेठ १८ गते पक्राउ गरी हिरासतमा राखेको थियो र त्यसका विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले उनीहरुको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेकै दिन गत शुक्रबार प्रहरीले उनीहरुको मुद्दा जिल्ला अदालतमा बुझाएको छ ।   


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया